मंसिर २९ सल्यान – लामाे समय देखि नगरपालिका भित्रका विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ र अनुदानमा कार्यरत शिक्षकहरकाे पारिश्रमिक समेत नदिएकाे भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौरले आपत्ति जनाएको छ।
बागचौर नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा अहिलेसम्म पनि शिक्षक नियुक्ति नभएपछि पठनपाठन प्रभावित भइरहेका बेला बागचौर नगरपालिका लगाएत सराेकारवालाले बेवास्ता गरेकाे भन्दै बुधबार उक्त संगठनले ध्यानाकर्षण पत्र सार्वजनिक गरि उक्त पत्र बागचौर नगरपालिका शिक्षा शाखालाई बुझाएको छ।
त्यसैगरी संयीय सरकारबाट अनुदान प्राप्त काेटामा कार्यरत शिक्षकहरुकाे पारिश्रमिक समेत अहिलेसम्म निकासा नभएको भन्दै पेशागत असुरक्षा बढन गई शिक्षकहरुमा मनाेवैज्ञानिक असर परि शिक्षण सिकाई क्रियाकलापमा समेत असर पर्न जाने भएकाले तत्काल त्यसकाे समाधानका लागि पनि साेहि ध्यानाकर्षण पत्र मार्फत संगठनले आग्रह गरेको छ।
शिक्षा क्षेत्रमा नगरपालिका भित्र यस्तै अनेक समस्या रहेकाले स्थानीय सरकार समाधान तिर लाग्नुकाे साटाे मौन बसेकाले संगठनले ध्यानाकर्षण गराएकाे नगर कमिटी अध्यक्ष नरेश कुमार केसी र सचिव लाेकेन्द्र कुमार बुढाथोकीद्वार हस्ताक्षर ध्यानाकर्षण पत्रमा उल्लेख छ।
स्थानीय सरकारले विद्यालयहरुका समस्या समाधान शैक्षिक वातावरण तयार गर्न र सबै शिक्षक कर्मचारीका पेशागत समस्यालाई आत्मसात गर्दै शिक्षा नीति र याेजना तयार गर्न संगठनले माग समेत गरेको छ।