मंसिर २७ दाङ – विवाह बाट फर्कदै गरेकाे हाइसले माेटरसाइकललाई दिदा एक जना गम्भिर घाईते भएका छन् ।

मंगलबार बेलुका करिब ७ बजेतिर तुलसीपुरको एक होटेलमा विवाह सकेर पर्सेनी फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका -६ गुम्राहचोकमा रा १ ख २८७३ नम्बरको हाईस र तुलसीपुरबाट जसपुरतर्फ गईरहेको लु ८७ प ९०६६ नम्बरको मोटरसाईकल एक आपसमा ठाेकिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइते हुनेमा तुलसीपुर माेटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका -११ उरहरीका ३२ वर्षिय किरण चौधरी रहेका छन।

घाइते चौधरीको अबस्था गम्भिर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। हाईस र चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार