मंसिर २७ सल्यान – करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा शारदा नगरपालिका – १० पैयाखर्कका ५० बर्षिय झुप बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सोमबार बेलुका ५ बजेतिर आफ्नै घरमा रहेको विद्युतबाट चल्ने सानो मिलमा मसला पिस्ने क्रममा एक्कासि विद्युत सट हुन गइ बुढालाई करेन्ट लागेपछि उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार