मंसिर २६ बागलुङ – जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि नाबालिका माथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गलकोट नगरपालिका वडा नं. ९ घर भई हाल कास्की पोखरा महानगरपालिका -८ बस्ने २५ वर्षीय अशोक दर्लामी मगर, धादिङ घर भई हाल पोखरा -८ बस्ने १९ वर्षीय सन्दिप तामाङ र गुल्मी अर्मेनी भई हाल पोखरा महानगरपालिका -१७ बस्ने १९ वर्षीय राहुल थापा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
पक्राउ परेका तीन जनाले जन्म दिन मनाउन भन्दै तीन वटी नाबालिकलाई बाेलाएर हाेटलमा लिई तीन जनाले एकएक वटी नाबालिकलाई जबर्जस्ती करणी गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई आइतबार पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरी आज साेमबार बागलुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेकाे प्रहरी उपरीक्षक ज्ञवालीले बताए।