मंसिर २० सुर्खेत – श्रीमतीको टाउकाे काटेर प्लास्टिकमा राखि हिडदै गरेका एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका -३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
आलेले मंगलबार दिउँसो करिब ३ बजेतिर धारिलो हतियारले आफ्नै श्रीमती ३० वर्षीया मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमा राखी भागिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट प्रक्राउ गरेको हाे। तस्बिर:सामाजिक संजालबाट