मंसिर १९ दाङ – घोराही स्थित राप्ति इन्जिनियरिङ कलेजमा नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघको मुल ईकाई कमिटी गठन भएको छ।

साेमबार भएको चौथो इकाई अधिवेशनले राेल्पाका चुडामणी डाँगीको सभापतित्वमा ४५ सदस्यीय इकाई समिती गठन गरेको छ । जसकाे उपसभापतिहरुमा सन्देश डागी, बिजय बिष्ट, बाचना दहाल, तुल्सी रिजाल चयन भएका छन।

त्यस्तै सचिवमा सरला हमाल ठकुरी, सह-सचिवमा अशोक शाही, आयुस सुवेदी, मोहन भण्डारी र गौरी चौधरी, कोषाध्यक्षमा सन्जोग डि सि चयन भएका छन् ।

सरला हमालको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमा नेविसंघ महेन्द्र क्याम्पस घोराहीका सभापति तथा अधिवेशन प्रतिनिधी शिवराज खनालको प्रमुख आतिथ्य तथा विषेश अतिथिहरुमा राजेन्द्र दाहाल, निरज गिरी, कुलराज पोखरेल र रुद्रमणी रेग्मीकाे उपस्थितिमा चौथो इकाई अधिवेशन सम्पन्न भएको हाे। कार्यक्रमको सञ्चालन राप्ति इन्जिनियरिङ कलेजका पुर्व सचिव पारस भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार