मंसिर १८ काठमाडौ – नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विरुद्ध पार्टी भित्र अन्तर्घात गर्नेको सदस्यहरुकाे सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।
आइतबार केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले एक विज्ञप्ति जारी गर्दै चुनावमा असहयोग गर्नेको नाम जिल्ला एवम् प्रदेश अनुशासन समितीमा परेको उजुरी केन्द्रमा पठाउन निर्देशन दिएका छन।
जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन विज्ञप्तिमा भनिएको छ ।