मंसिर १४ सल्यान – बाेलेराे जीप र माेटरसाइकल ठाेकिदा २ जना घाइते भएका छन।
राप्ती राजमार्ग अन्तर्गत सल्यान-रुकुम खण्डकाे स्थित सिद्धकुमाख गाउँपालिका -१ पटारेमा श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जीप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि घाइते हुनेमा रुकुमकाे सिस्ने गाउँपालिका -६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
घाइते आमा छोराको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भईरहेको जीप चालक शारदा नगरपालिका -१४ का प्रदीप बिकलाई प्रहरीले नियन्त्रणमा प्रहरी निरीक्षक खनालले बताए।