मंसिर ७ काठमाडौ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट विजयी भएका छन।
अन्तिम मत परिणाम अनुसार देउवाले २५ हजार ५३४ मतका साथ विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाएका छन्। याे क्षेत्रबाट देउवा २०४८ साल यता निरन्तर सातौँ पटक निर्वाचित भएका छन् ।