मंसिर ७ काठमाडौ – काठमाडौ -७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली विजयी भएका छन।

पराजुलीले ८७४३ मत ल्याएर विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मत पाएका छन।

त्यस्तै माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा सिमित भइन।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार