०७८ मंसिर १८ राेल्पा – संघीय सरकारले काेभिड १९ महामारी व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा   ५ शैय्याकाे अस्पतालबाट सेवा शुरु गर्ने उद्देश्य अनुरुप यस त्रिवेणी गाउँपालिका राेल्पामा पनि ५ शैय्याकाे काेभिड १९ काे अस्थायी अस्पतालकाे उदघाटन गरिएकाे छ।

स्थानीय तहमा रहेका आधारभूत स्वास्थ सेवा केन्द्र तथा नेर्पा स्वास्थ चाैकीमा रहेकाे टहरामा तत्काल काेभिड १९ का बिरामीहरुको उपचार ब्यवस्थापनकाे लागि आज गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले मैनबत्ति बालेर काेभिड १९ काे अस्थायी अस्पतालकाे उदघाटन गर्नु गर्नु भएकाे छ। भने नव आगन्तुक डाक्टर हेमन्त खड्कालाई फुलमाला र अबिर लगाएर गाउँपालिकाले स्वागत समेत गरेकाे छ।

उदघाटन कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले काेभिड १९काे महामारी प्रायःसबै जिल्ला र स्थानीय तहहरुमा प्रभावित छ त्यसकारण संक्रमण हाम्रो गाउँपालिकामा फैलिने क्रम अझै बददाे क्रममा रहेकाे देखिन्छ भने संक्रमित बिरामीहरुलाई राख्न अस्पताल आवश्यक भएकालेे संघीय सरकारकाे १० लाख विनियोजित रकमकाे सहयोग मार्फत यस गाउँपालिकामा ५ बेडकाे अस्पताल सन्चालनमा ल्याएको बताउँनु भयाे। अब यस अस्पतालमा डाक्टर आएकाेमा खुसी ब्यक्त गर्दै यस अस्पतालबाट बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म स्वास्थ्य सेवा प्रदान गरिने समेत अध्यक्ष वलीले बताउँनु भयाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले त्रिवेणी गाउँपालिकाकाे आर्थिक बर्ष २०७७/७८काे नीति तथा कार्यक्रम बमोजिम याे स्वास्थ्य क्षेत्रमा एउटा डाक्टरकाे आवश्यकता पर्छ र एउटा डाक्टरकाे पदस्थापना गरेर त्रिवेणी बासि जनताहरुलाई सेवा सुविधा सम्पन्न गर्नु पर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गर्दै थियौं भने नेपाल सरकारकाे घाेषित निति कार्यक्रमले प्रत्येक स्थानीय तहमा ५ शैय्याकाे अस्पताल निर्माण गर्ने कार्यक्रम ल्यायाे साेहि बमोजिम काेराेना अस्पताल निर्माण भएकाे छ त्यसैले त्रिवेणी बासि जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउँनु हुने छ भन्नेमा आफुलाई बिश्वास रहेकाे बताउनु भयाे।

स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा मगरकाे सन्चालनमा शुरु भएकाे कार्यक्रम अध्यक्षता वडा न ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी ,प्रमुख अथिति गाउँपालिका अध्यक्ष शान्त कुमार वली अथितिहरु प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगी डाक्टर हेमन्त खड्का त्रिवेणी गाउँपालिका कार्यालयका विभिन्न शाखाका प्रमुख ज्युहरु,स्वास्थ्यकर्मीहरु,जनप्रतिनिधि स्थानीय जनताहरुकाे सहभागीता रहेकाे थियोे।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार