मंसिर ६ काठमाडौ – काठमाडौं -१ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।
सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत लिएका हुन् ।