मंसिर ५ काठमाडौ – एक प्रतिनिधि सभा रहेको रसल्यानमा पनि मत गणना सुरु भएको छ।
अहिलेसम्मकाे मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका
प्रकाश ज्वाला अग्र स्थानमा छन।
अहिलेसम्म गणना भएको मत परिणाम अनुसार २ हजार ४ सय ९७ मत गणना हुदा ज्वाला १ हजार ६४ मतका साथ फराकिलो अग्र स्थानमा छन। उनलाई स्वतन्त्र उम्मेदवार पुतली चुनाव चिन्हबाट राजेन्द्र बहादुर शाह ७५५ मत लिएर पछ्याउँदै छन।
त्यसैगरि एमालेका राजेन्द्र वीर रायले २९७ मत लिएका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा ८७ मत लिएका छन।