मंसिर ५ काठमाडौ – प्रतिनिधि सभामा कांग्रेसले सुरुमै खाता खाेलेकाे छ।
मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार थासाङ गाउँपालिका लेते घर भएका २९ वर्षिय योगेश गौचन थकाली निर्वाचित भएका छन्। कुल ७ हजार दुई सय ३० मत खसेकामा विजयी भएका गौचनले जम्मा ३९९६ मत प्राप्त गरेर विजयी भएका हुन। उनी पर्यटन व्यवसायी तथा होटल व्यवसायी हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।