मंसिर ५ बैतडी – मतपेटिका सदरमुकाम छाेडेर फर्कने क्रममा जीप दुर्घटना हुदा ६ जना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन।

सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका -४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु भएका ६ जनाकाे सनाखत हुन बाँकी रहेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेकाे बैतडीका प्रजिअ सुरेश पन्थीले बताए।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने काम भइरहेको र उद्वारका लागि हेलिकप्टर समेत माग गरिएको प्रजिअ पन्थीले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार