मंसिर ४ काठमाडौं – देशभर मतदान सकिएकाे भनेपनि कतिपय ठाउँमा अझै मतदान हुन सकेकाे छैन

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएकाे छ। तर अहिलेसम्म देशका विभिन्न जिल्लाका १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जस अनुसार सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका गरि जम्मा १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ उक्त ठाउँ कतिबेला मतदान हुने समेत एकिन छैन।

प्रतिनिधिसभा र प्रदेश सभा गरि जम्मा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको जनाएको छ। अहिले निर्वाचन थप अपडेटका लागि आयाेगले बहादुर भवन कान्तिपथ काठमाडौंमा पत्रकार सम्मेलन गरिरहेकाे छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार