मंसिर ४ बाजुरा – मतदान स्थलमा विवाद बढेपछि प्रहरीले गोली चलाउदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिका -७ का स्थानीय २२ वर्षिय सुरेन्द्र अऐडी रहेका छन। साेहि नगरपालिका स्थित नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा विवाद भएपछि सुरक्षाकर्मीले गाेली चलाउदा अएडीकाे मृत्यु भएकाे स्थानीयले बताएका छन।
उक्त घटना भएपछि भागदौडका क्रममा दर्जन बढि घाईतेको भएको र उपचारका लागि लिन नेपाली सेनाको हेलिकप्टर प्रयाेग गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।