मंसिर १४ कालिकोट – तिलागुफा नगरपालिका– ४ राँचुलीमा शनिबार बिहान भएको आगलागीबाट एघार घर जलेर पुर्णरुपले नष्ट भएका छन भने लाखौँको धनमाल क्षति भएको छ ।

शनिबार बिहान खाना पकाउने क्रममा एक घरमा आगलागी भएको र त्यसले छिमेकी घरधुरीमा पनि भेटाएकाे हुदा बस्ती नै सखाप हुन पुगेकाे हाे। घरहरु काठ र खर्कटिकाे छाना रहेकाेे हुदा समयमै तुरुन्तै आगाे नियन्त्रण गर्न नसकिएको तिलागुफा नगरपालिका– ४ राँचुलीका वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

आगलागीकाे खबर बारे जिल्ला प्रशासन कार्यालयमा बुझदा प्रहरी घटनास्थलमा पुगिसकेकाे र क्षतिको विवरण संकलन गर्नेकाम भइरहेकाले प्रहरीको मुचुल्कापछि मात्र क्षतिको एकिन विवरण आउने जिल्ला प्रशासन कार्यालयले बताएको छ। आगलागीबाट ठूलो क्षति भएको हुदा पीडितलाई तत्काल राहत र खाना र वासको व्यवस्था नगरपालिकाले गर्ने तयारी गरेको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार