मंसिर ११ मकवानपुर –  छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ । २०७३ सालमा श्रीमतीको निधन भय देखि बलात्कार गर्दै आएकाेे भन्ने छिमेकीहरूकाे उजुरीको आधारमा प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।

आज न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो ।
नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार