कार्तिक २१ रोल्पा – आफ्नै छोराले काठ पिर्का प्रहार गरि आफ्नै बुवाको हत्या  गरेका छन् ।

त्रिवेणी गाउँपालिका वडा नं. -४ स्थित पोखरी भन्ने ठाउँमा २३ वर्षीय छोरा सन्दीप घर्तीले घरायसी विवाद हुँदा सोमबार बिहान करिब ९ बजेतिर ५४ वर्षीय आफ्नै बुवा मानसिङ घर्तीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

बाबू छाेरा र केहि स्थानीयसँगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दिपले आफु बसेको काठको पिर्का आफ्नाे बुवाकाे टाउकोमा प्रहार गरेपछि बुवा मानसिङकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

घटनाकाे खबर स्थानीयले प्रहरी चौकि जुगारमा गरेपछि त्यहाबाट खटिएको प्रहरी टाेलिले घटनास्थल नियन्त्रणमा लिएकाे र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय होलेरीबाट पनि प्रहरी खटिएर सन्दिपलाई नियन्त्रणमा लिई शव पोष्टमार्टमको दाङ पठाइएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार