कार्तिक १९ दाङ – निर्वाचन आयोगले दाङ क्षेत्र नम्बर -३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकि कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।
वलीले शुक्रबार दाङको बबई गाउँपालिका -१ मा रहेको सरस्वती जनता माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीसँग भोट मागेकाे पाइएपछि उनलाई स्पष्टीकरण साेधिएकाे आयोगले जनाएको छ।
चुनावी कार्यक्रममा व्यस्त रहेकि वलीले शुक्रबार उक्त विद्यालयमा पसगेर विद्यार्थीलाई चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषण तथा नाचगान समेत गरेकाे बताइएको छ।