कार्तिक १८ दाङ – उपचारकाे लागि अस्पताल पुगेका एक दम्पती मृत अवस्थामा फेला परेका छन।
घोराही उपमहानगरपालिका वडा नं. -१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोका र उनकि श्रीमती ३७ वर्षीया निरु रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उच्च रक्तचापका बिरामी रहेका श्रीमान नवीनलाई श्रीमती निरुले बिहीबार बेलुका घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकअपका लागि लिएकाेमा त्यहाँ डाक्टरले शुक्रबार बिहान ८ बजे आउनु भनेर बाेलाएछि घर जान टाढा भएको भन्दै उनीहरू घोराही उपमहानगरपालिका वडा नं.-१५ मा पर्ने निरूको फुपुको घरमा गएका बास गएपछि त्यहि राति उनिहरु सुतेकाे काेठामा आपसी झगडा भएपछि नवीनले श्रीमती निरुकाे घाँटी थिचेर हत्या गरेपछि आफु अर्को काेठामा गएर झुन्डिएर आत्महत्या गरेकाे प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
उनिहरु बसेकाे घरपरिवारका अनुसार बिहीबार बेलुकी खाना खाएपछि उनीहरू हासी खुशी भएरै सुत्न गएकाे र श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेकाे हुदा उनिहरु बिच त्यस्तो कुनै मनमुटाव नदेखिएको प्रहरी समक्ष बताएका छन।
राति दुईजना बिच केहि विवाद भएपछि उच्च रक्त चापकाे बिरामीबाट ग्रसित नवीनले आवेगमै हत्या गरि आत्महत्या समेत गरेको अनुमान गरिए पनि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक गौतमले बताए।