कार्तिक १२ चितवन – एक जनाकाे हत्या र एक महिलालाई लुटपाट गरि हत्या प्रयास गरि फरार रहेका एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा नवलपरासी (ब.सु.पु.) गैडाकोट नगरपालिका वडा नं. ७ घर भई हाल २ महिना देखी चितवन माडी नगरपालिका वडा नं. ४ शितलपुर घोसरी बस्दै आएका ३४ वर्षिय सुरेश बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कुमालले शुक्रबार राती साढे १०बजेतिर चितवन माडी नगरपालिका वडा नं. ४ शितलपुर घोसरी बस्ने ३४ वर्षिय जिवन नेपालीलाई उनकै घरकाे कोठामा सुतिरहेको अवस्थामा पछाडीबाट टाउकोमा पटक पटक खुकुरी प्रहार गरी घाँटीको रुद्रघण्टीको भागमा रेटी बिभत्स हत्या गरिसकेपछि सो स्थान देखी करिब ५० मिटरको दुरीमा आफ्नो घरमा सुतिरहेकि ४० रुपा नेपालीको उनले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछी तानी लुटी रुपाकाे घाँटी थिची मर्‍यो भन्ने लागे पश्चात सो स्थानबाट भागी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

घटनाबारे खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटीएको प्रहरी टोलीले फरार रहेका सुरेशलाई शनिबार बिहान ५ बजेतिर चितवन माडी नगरपालिका वडा नं. ३ बसन्तपुर स्थित भित्री सडक खण्डमा संकास्पद तवरले लुकी छिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

सुरेशले बिगत १० बर्ष अगाडी आफ्नै हजुरआमा र काकीलाई कर्तव्य गरी मारेको कसूरमा नवलपरासी जिल्ला अदालतको आदेशले सर्वस्व सहित जन्म कैद ठहर भएकोमा ठहर भएको कैद यही २०७९ सालको संविधान दिवसको अवसरमा मिनाहा भई कारागार कार्यालय भिमफेदी मकवानपुरबाट छुटी आएको र अहिले उनले हत्या गरेका मृतक जिवन नेपाली कारागारमा हुँदा चिनजान भई कारागारबाट छुटी आए पछी जिवन नेपालीको घरमा नै बस्दै आएको भन्ने खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार