कार्तिक ९ राेल्पा – जीप दुर्घटना हुदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएको छ।

तिहार मनाउन आफन्तकाे घर हिडेका सवार जीप सुनिलस्मृति गाउँपालिका वडा नंं. -४ सुलिचौर स्थित सेवा केन्द्र नजिकै लु १ ज ३२३४ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा परि २ जना पुरूष र १ जना महिला जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घाेराही उपमहानगरपालिका -६ घरभई हाल सुलिचौर नारायण मेडिकल संचालन गरि बसेका ६० वर्षिय नारायण प्रसाद रिजाल, उनका भाई ५८ वर्षिय विष्णुप्रसाद  रिजाल र दाङ राप्ती गाउँपालिका -१ भालुबाङ बस्दै आएकि रोल्पा खुमेलकि ५० वर्षिय फाम्सि केसी रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

सुलिचौर बजारबाट गजुलका लागि छुटेकाे जीप सुलिचौर स्थित सेवा केन्द्र नजिक रोकेर सामान राख्ने क्रममा आफै ब्याक भएर सडक देखि करिब १०० मिटर तल जुके खोलामा खसेर दुर्घटना भएको हाे।

जीपमा १५ जना सवार रहेकाे र १२ जना घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने मृतकहरुकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएकाे प्रहरी निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार