कार्तिक ५ कपिलवस्तु – सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा एक सशस्त्र प्रहरी सहित साइकल यात्रीकाे मृत्यु भएको छ।

शुक्रबार बेलुका चार नम्बरबाट तौलिहवा तर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक वाणगंगा नगरपालिका वडा नं -३ सिउटीमा अनियन्त्रित भएर साइकल यात्रीलाई ठक्कर दिदै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृत्यु हुनेमा सशस्त्र प्रहरीका सवारी चालक रमेश चौधरी, सशस्त्र प्रहरी दाङका रमेश चौधरी, सशस्त्र प्रहरी नवलपरासीका जनक चौधरी र साइकल यात्री स्थानीय अमर तङनामीकाे उपचारको क्रममा बुटवलमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए।

दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएकाले बुटवल रिफर गरिएको र सामान्य घाइते भएका ४ जनाको सामुदायिक अस्पताल चार नम्बरमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

दुर्घटना स्थलमा मदिरा भेटिएकाले स्थानीयवासीले घटनाको छानबिन हुनुपर्ने माग गरिरहेका छन। सुरक्षाकर्मी नै सवार हुदा मदिरा भेटिएपछि चालकले मदिरा सेवन गरेको कारण सशस्त्र प्रहरीकाे लापरबाहीले दुर्घटना भएको आराेप स्थानीयले लगाएका छन।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार