कार्तिक ४ काठमाडौं – आफ्नो रेष्टुरेन्टकाे आएका पाहुनाहरु बसेकाे कोठाभित्रकाे गाेप्य भिडियो रेकर्ड गर्ने रेष्टुरेन्टका मेनेजर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजका मेनेजर चन्द्रागिरी नगरपालिका -१५ घर भई हाल काठमाडौ महानगरपालिका -३ बाँसबारीमै बस्ने मुकेश माली रहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
उनले आफ्नो रेष्टुरेन्टमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको खबर बुधबार प्रहरीलाई पुगेपछि प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच विभिन्न व्यक्तिका अश्लील रेकर्डेड भिडियो फेला परेपछि मोबाइल पक्राउ गरिएको हाे।
उनि विरुद्ध उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।