कार्तिक ३ दाङ – तुलसीपुरबाट नेपालगन्जका लागि छुटेकाे हाइस दुर्घटनामा परेको छ।
तुलसीपुर-अमिलिया सडक खण्डकोे भञ्ज्याङ नजिकै भे १ ज ७९२ नम्बरको उइङगर हाइस बिहिबार अपरान्ह ४ बजेतिर दुर्घटनामा परेकाे
जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा परि गम्भिर घाइते हुनेमा बाँकेको राझाका २७ वर्षिय राजन बिक रहेका छन। अन्य घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – १६ का ५० वर्षिय सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाकीका २० वर्षिय टोपेन्द्र बिष्ट रहेका छन। हाइसमा सात जना सवार रहेकोमा ४ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
घटनास्थलबाट घाइतेहरुलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उद्वार गरि गम्भीर घाइते बिकलाई उपचारका लागि नेपालगञ्ज पठाएको र अन्य दुई जनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। तिव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।