कार्तिक २ रूपन्देही – नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई नै चयन गरेको छ ।
विप्लवको नेतृत्वमा ३ जना पछि थप्ने गरि ८१ सदस्य पूर्ण केन्द्रीय समिति र ३ जना पछि थप्ने गरि ४५ जना वैकल्पिक केन्द्रीय सदस्य सहित ७ जना पछि थप्ने गरि १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति निर्वाचित गरेको नेकपाले जनाएको छ।
यसरी चयन गरिएको समिति अनुसार नेकपाले आफ्नाे केन्द्रीय स्तरमा ३ तह बनाएकाे छ। केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति रहेका छन।
त्यस्तै पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति गरि २६५ जनाको समिति निर्वाचित गरिएको छ ।