असाेज ३० दाङ – गत तीन दिन देखि सम्पर्क बिहिन भएका बालबालिका एकै ठाउँमा मृत अवस्थामा भेटिएका छन।

असोज २७ गते बेलुका आफ्नाे घरबाटै हराएका
तुलसीपुर उपहानगरपालिका वडा नम्बर -१३ दमारगाउँका १५ वर्षका शरद आर्चाय र १४ वर्षकि रोशनी महताराकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

हराइ रहेका उनिहरुकाे खाेजिकार्य भइरहेको समयमा स्थानीयले दमारगाउँकाे जङ्गलमा सानाे खाेल्सामा खाडलमा एकै ठाउँमा शव छाेपिएकाे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

शवकाे पोष्टमार्टमका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लिएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार