असाेज २७ पाल्पा – माेटरसाइकलकाे ठक्करबाट एक वृद्धाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका -५ बेझाङ बस्ने ७० वर्षिय काेपरी दमिनि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बिहीबार बेलुका साढे ५ बजेतिर रामपुर नगरपालिका -५ सानिअमराई स्थित कालिगण्डकी करिडाेर सडक खण्ड अन्तर्गत रामपुरबाट दामाचौर जाँदै गरेकाे लु ६८ प ९९९४ नम्बरको माेटरसाईकलकाे ठक्करबाट गम्भीर घाइते भएकि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

गम्भीर घाइते पछि उपचारको लागि रामपुर अस्पतालमा लिएकोमा त्यहा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकाेमा बाटोमै मृत्यु भएको हाे। माेटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार