असोज २३, सल्यान – सल्यानमा सत्ता गठबन्धनबाट तीन दलका उम्मेदवारहरुले सामुहिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्मा र प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।