असाेज २० काठमाडौ – नाबालिक बलात्कारको आरोप लागेका पुर्व क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान १० बजे नेपाल आइपुग्ने भएका छन।

उनी विरुद्ध बलात्कारको मुद्दा परे लगत्तै फरार रहेर बेलाबेला सामाजिक संजालबाट प्रतिक्रिया जनाइ रहेका लामिछानेले बिहीबार बिहान करिब पौने ३ बजेतिर सामाजिक संजाल फेसबुक मार्फत आँफु बिहान १० बजे कतार एरवेज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताएका छन।

आफू नेपाल आउन लागेकाे बारेमा आफ्नो सुरक्षा र सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीमा आत्मसमर्पण गर्न आवश्यक प्रक्रिया अधिवक्ता सरोजकृष्ण घिमिरेले लिखित रुपमा नेपाल प्रहरीलाई जानकारी समेत गरिसकेको नेपालीको कानुनी प्रक्रिया बमोजिम नै अनुसन्धानमा आफुले प्रहरीलाई सहयाेग गर्ने गरि झुठो आराेपकाे कडा लडाइ लडेर निर्दाेष सावित हुने समेत बताएका छन।

आफू न्याय पाउनेमा विश्वस्त रहेको र छिट्टै क्रिकेट मैदानमा फर्केर देशको नाम र कीर्तिमान बनाउन अवसरका लागि छिटोभन्दा छिटो न्यायको कामना पनि गर्दै लेखेका छन; `म न्याय पाउनेमा विश्वस्त छु र छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।´

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार