मंसिर ४ काठमाडौ – विश्वभरिका विकसित मुलुकहरु काेराेनाकाे उपचार विधि अध्ययन अनुसन्धान भइरहेका बेला अमेरिकाले पनि नयाँ र छिटाे नतिजा पाउन सकिने गरि काेभिड कीट तयार भएको खुलाएको छ। घरमै आफैंले कोरोना जाँच्न सकिनेे र नतिजा पनि ३० मिनेटमै आउने दाबी अमेरिकी वैज्ञानिकले गरेका छन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यहाँकाे फुड एन्ड ड्रग एडमिनेस्ट्रेस (युएसएफडिए) ले मंगलबार ‘पहिलो सेल्फ कोभिड टेस्ट किट’ प्रयोगका लागि अनुमति दिएको हो।
ल्युकिरी हेल्थले व्यक्तिगत प्रयोगका लागि विकास गरिएको यो टेस्ट किट आपतकालीन अवस्थामा प्रयाेग गर्न सकिनेछ। यो किटमार्फत आफैंले आफ्नो नाकबाट स्वाब निकालेर कोरोना परीक्षण गर्न सकिनेछ। तर बालबालिकाकाे हकमा भने स्वाव निकाल्नु पर्ने बताइएकाे छ।