असाेज १४ बर्दिया – आफ्नो छाेराकाे हत्या गरि फरार रहेका एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका वडा नम्बर -११ बिजयनगर बस्ने ४५ वर्षिय लौरंगलाल थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

उनले बुधबार आफ्नै छोरा २० वर्षिय बिवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी घाईते बनाई उपचारको लागी आफन्तहरुले अस्पताल लिने क्रममा सोही दिन उनकाे बाटोमै मृत्यु भएपछि फरार रहेका थारुलाई शुक्रबार बिहान करिब साढे १० बजेतिर बर्दिया गुलरिया नगरपालिका वडा नं. -११ ईन्द्रपुर स्थित गाउँघरमा लुकिछिपी हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहाेराले बताए।

उनिमागि कर्तब्य ज्यान मुद्दामा उनिमा थप अनुसन्धान कार्य भईरहेकाे प्रहरी नायव उपरीक्षक बाेहराले बताए।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार