असाेज १३ दाङ – एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान करिब ९ बजेतिर घोराही–होलेरी सडकखण्डमा अन्तर्गत घोराही उपमहानगरपालिका -१९ च्यानगैरामा रोल्पाको होलेरीबाट दाङको घोराहीतर्फ जादै गरेको एम्बुलेन्स रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते हुनेमा चालक घोराही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीय भूपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।
वलीको टाउकोमा गम्भिर चोट रहेको रहेकाे र एम्बुलेन्स सडकबाट करिब २० मिटर तल खसेको थियाे। घाइते चालककाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनी एक्लै सवार रहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।