असाेज १३ पाल्पा – जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन।

बिहीबार बिहान बुटवलबाट जुठापौवा जाँदै गरेकाे ११ जना सवार लु १ ज १४३१ नम्बरको यात्रुबाहक जीप पाल्पा – अर्घाखाँची भित्रि पक्कि सडक खण्डमा पर्ने रैनादेवि छहरा गाउँपालिका -४ स्थित भैरव नवदिप माध्यमिक विद्यालयकाे नजिकै बिहान करिब साढे ४ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा परि घाइते हुनेमा झापाकाे टाेपाकासी गाउँपालिका -५ का ४४ वर्षिय कृष्ण बहादुर राई, रैनादेवि छहरा गाउँपालिका -४ जुठापौवा बस्ने १९ वर्षिय हिरा पुन, साेहि ठाउँका २४ वर्षिय दिपक पुन र ४१ वर्षिय छविलाल रास्काेटी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

जीप सडक छेउमै खसेकाे करिब ५ मिटर तल खसेको थियो। घाइतेहरुकाे उद्वार गरि युनाइटेड अस्पताल पाल्पा पठाइएको छ भने घाइते सबैकाे अवस्था सामान्य रहेको छ। चालकले हुस्सुले गर्दा बाटाे नदेखिएको बताएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार