असाेज ९ काठमाडौ – आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीमा माग संख्या भन्दा दाेब्बर भन्दा बढिले आवेदन दिएका छन।

देशभरका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि खाेलिएकाे विज्ञापनमा २ लाख ३३ हजार एक सय ९ जनाको आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ती मध्ये पूर्व म्यादी र पूर्व सुरक्षाकर्मी आवेदककाे संख्या ७० हजार ९५ रहेको छ। जसमध्ये ६७ हजार २ सय ४० जना यसअघि म्यादी प्रहरी, १ हजार ४ सय ५९ पूर्व सैनिक, ८ सय ६५ पूर्व प्रहरी, २ सय ५१ जना पूर्व शसस्त्र प्रहरी, १४ जना वन रक्षक, विदेशका सुरक्षा निकायमा काम गरेका १ सय ४४ जना र नेपालकै सुरक्षा निकायमा भर्नाका लागि छनोट प्रकृयामा रहेका १ सय २२ जनाले आवेदन दिएका छन। ती बाहेक १ लाख ६३ हजार जना भने नयाँ छन।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार