असाेज ७ चितवन – प्रतिबन्धित लागुऔषध गाँजा ठुलाे परिणाममा प्रहरीले बरामद गरेको छ।

बिहीबार चितवन राप्ती नगरपालिका -५ भण्डारा चोकबाट भारती नम्बर प्लेटकाे UP78BT 8570 नम्बरको ट्रकबाट ३०० किलो लागुऔषध गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ईलाका प्रहरी कार्यालय भन्डारा चितवनबाट खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ गई रहेको उक्त ट्रकमा लागुऔषध गाँजा फेला पारेपछि ट्रक छोडी चालक फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

अहिले फरार चालकको खाेजतलास कार्य भई रहेको र ट्रक र गाँजा बरामद गरी ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा राखिएकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार