असाेज ६ काठमाडौं – पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमाल एमालेमा प्रवेश गरेका छन् ।

बिहिवार एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपि शर्मा ओलिले महामन्त्री किरणलाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलि, महासचिव शंकर पोखरेल लगाएतका नेता उपस्थिति थिए ।

नेपालमा बैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न किरणले पछिल्ला ७ वर्ष बिताए पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरेका छन् ।

पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विवेकशील साझा पार्टीका संस्थापक नेता अब्दुस मिया सङै महामन्त्री किरणले पार्टी प्रवेश गरे ।

” तेस्रो ध्रुव बनाउन थुप्रै प्रयास गरियो, झन्झन् नेपाली राजनीति दुई ध्रुवमा केन्द्रीकृत भैरहेको महसुस हुन थाल्यो । एउटा ध्रुव समातेर अगाडि जाने विकल्पमा रोजाइमा एमाले पर्यो ” किरणले संक्षिप्त प्रतिक्रिया दिदै भने ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार