असाेज ६ रुकुम(पूर्व) – बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन।

काठमाडौं बाट रुकुम (पूर्व)काे रुकुमकाेट तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दिउँसो करिब ३ बजेतिर मध्यपहाडी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका-२ खाबाङ बगरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ।

चार जनाकाे घटनास्थलमै मृत्यु भएको र अहिले प्रहरी सहित स्थानीयहरु उद्वार कार्यमा रहेकाले मृतककाे सनाखत हुन नसकेको र थप विवरण समेत आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)का प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

बस सडकबाट करिब एक सय मिटर तल खसेको र
घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व लिने क्रम जारी रहेकाे प्रहरी नायव उपरीक्षक डाँगीले बताए। फाइल तस्बिर 

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार