भदौ ३० सल्यान – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/०८० का लागि देशभरबाट विद्यालय छनाेट भएका छन।
बुधबार बसेकाे मन्त्रीपरिषद बैठकबाट देशभरका सामुदायिक विद्यालयहरु छनाेटमा परे अनुसार सल्यानबाट मात्रै ४७ वटा विद्यालय छनाेटमा परेका छन।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मा उल्लेखित विधि र प्रक्रिया अनुसार कार्यक्रम कार्यन्वयन विधि विस्तृत रुपमा तयारी भइरहेकाे र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेकाले छनाेटमा परेका विद्यालयले तत्काल कार्यक्रम कार्यन्वयन गराउन समेत शिक्षा तथा मानव स्राेत केन्द्र अन्तर्गत अनुसन्धान तथा गुणस्तर सुधार शाखाले सबै स्थानीय तहलाई निर्देशन दिएकाे छ।
उक्त कार्यक्रमबाट सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ ।
कार्यक्रमका उद्देश्यहरू
१. नेपाल सरकारले शिक्षा क्षेत्रमा फ्ल्यागसिप (Flagship) कार्यक्रमका रूपमा अगाडि सारेका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन योगदान पुर्याउने,
२. सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम संचालन गर्ने ।
३. नियमित कार्यक्रमबाट सम्बोधन गर्न नसकिएका सामुदायिक विद्यालयमा सिकाइ सुविधा विस्तार गर्न भौतिक पूर्वाधार विकास गर्ने ।
४. शैक्षिक अभियानमूलक कार्यक्रम संचालन गर्ने ।
कार्यक्रम कार्यान्वयनका प्रमुख क्षेत्रहरू :
१. सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना,
२. विद्यार्थीको सिकाइ उपलब्धीस्तर अभिवृद्धि,
३. गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन,
४. प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, र सामुदायिक विद्यालयहरूमा खेल सामग्री व्यवस्थापन ।
सल्यानबाट छनाेटमा परेका ४७ वटा विद्यालयहरु