भदौ २९ बुटवल – अवैध सम्बन्ध लुकाउन परपुरुष संग मिलेर आफ्नो श्रीमानकाे हत्या गर्ने महिला र एक पुरुष पक्राउ परेका छन।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका वडा नं.१५ सखुवानी बस्ने ग्रिजा देवी थारु र साेहि ठाउँ बस्ने ५२ वर्षिय फुलचन्द्र बानियाँ रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

उनिहरुले साेमबार राति १:०० बजेतिर ग्रिजाका श्रीमान जगदिश चौधरीलाई आफ्नै घरकोठा भित्र खाटमा सुतिरहेको अवस्थामा ग्रिजाले घरमा रहेको फलामको धारिलो दाउले घाटी तथा शरिरको बिभिन्न भागहरुमा प्रहार गरेर हत्या गरेकाे र आर्थिक लेनदेन एवं घरायसी विवादपछि घटना घटेकाे र फुलचन्द्र र ग्रिजाकाे पहिले देखि अबैध सम्बन्ध रहेकाले दुई जना मिलेर घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

घरायसी लेनदेनकाे विवादकाे बहानामा उनिहरुले अवैध सम्बन्ध लुकाउन हत्या गरिएको हुनसक्ने प्रहरी अनुसन्धानबाट प्रारम्भिक अनुमान गरिए पनि अहिले अझै एकिन नभएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार