भदौ २९ मुगु – एक किशोरीलाई सामुहिक बलात्कार गरेको आराेपमा १३ वर्षिय बालक सहित तीन जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा छायानाथरारा नगरपालिका -४ का श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका -३ रखु स्थायी घर भई हाल छायानाथरारा नगरपालिका -१४ वाम गाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैसी र आन्दाजी १३ वर्षिय बालक रहेको जिल्ला प्रहरी कार्यालयले मुगुले जनाएको छ।

उनिहर तीन जना मिलेर छायानाथरारा नगरपालिका -१३ लुमगाउँ नजिकै गमगढी वाम सडकखण्डमा भदौ २३ राति एक १६ वर्षीया किशोरीलाई तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेकाे जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए।

घटाना पछि फरार रहेका उनिहरुलाई पीडित किशोरीले किटानी जाहेरी दिएपछि तीनै जनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर २ जनालाई हिरासतमा राखि र १३ वर्षिय बालकलाई भने कानुनी प्रावधान अनुसार संरक्षककाे जिम्मा लगाए अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक पन्थीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार