भदौ २८ काठमाडौं – अभिनेता पल शाहलाई जबर्जस्ती करणी आराेप लगाएकि गायिका समीक्षा अधिकारीले आफू जाेडिएकाे घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन् ।
पछिल्लो समय उनले दायर गरेकाे मुद्दामा नवलपुर जिल्ला अदालतले अभिनेता शाह विरुद्ध १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना सहित अढाई वर्ष कैद फैसला गरेपछि पहिलोपटक गायिका अधिकारीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकि हुन।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफूविरुद्ध सामाजिक संजालमा लज्जास्पद फाेटाे र नकारात्मक कमेन्ट आएकोमा दुःख लागेको बताउदै अदालतले ताेकेकाे क्षतिपूर्ति बापतकाे वा अन्य कुनै पनि रकम माग नगरेकाे र नलिने बताएकि छिन।