भदौ २७ काठमाडौ – पछिल्लो केही दिन यता सामाजिक संजालमा भारतबाट जाेगीकाे भेषमा आएका गिराेहले बच्चा चाेरी गरि लिने भन्दै विभिन्न व्यक्ति र बच्चाहरुकाे फाेटाे यतिबेला छरपस्ट छन।
तर उता नेपाल प्रहरीले भने याे अफवाह भएको र अफवाह फैलाई भ्रम सिर्जना गर्ने जाे काेहिलाई पनि कारबाही गर्ने जनाएको छ।
सामाजिक संजालमा नेपालका विभिन्न जिल्लाहरुमा बच्चा चाेरी गर्ने गिराेह सक्रिय रहेकाे भन्दै विभिन्न फाेटाेहरु सार्वजनिक भएपछि केही त्यस्ता घटना घटेकाे भनिएको बाँके, रुपन्देहीको बुटवल र सिराहामा नेपाल प्रहरी र साइबर ब्युरोकाे टाेलिले अनुसन्धान गर्दा त्यस्तो कुनै आधिकारिक नभएको पाइएपछि अफवाह भएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ।
अहिलेसम्म त्यस्ता कुनै पनि घटना नभएको र प्रहरीलाई पनि कुनै आधिकारिक जानकारी नभएको अवस्थामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाे र त्यस्ता भ्रमपुर्ण सुचनाहरु सम्प्रेषण नगर्न भन्दै त्यस्तो गर्नेलाई कारबाहीको चेतावनी समेत दिएकाे छ।