भदौ २४ काठमाडौ – नेपाली क्रिकेटर सन्दिप लामिछाने आफुमाथि लागेको आराेपबारे बाेलेका छन।

सामाजिक संजाल फेसबुक मार्फत शुक्रबार बिहान लामिछानेले आफू निर्दाेष रहेको र कानुनी राज्य भएकाले कानुनले पनि सत्यकै पक्षमा फैसला गर्नेमा आफुले आशा गरेको बताएका छन।

उनी लेख्छन; `म निर्दोष छु र सबैमा पुर्णरुपमा विश्वास पनि दिलाउछु, नेपालको सम्माननीय कानुन छ, अब म CPL बाट बिदा लिने निर्णय गरेको छु, म केही दिनमै देशमा फर्किन्छु, म
यी सबै आधारहीन आराेपहरु सामना गर्न तयार छु, न्याय होस्, निर्दोष माथि सही छानबिन हुनुपर्छ, आशा छ कि कानूनले समान काम गर्नेछ।´

लामिछाने विरुद्ध जबरजस्ती करणी मुद्दा परिसकेको र पक्राउ पुर्जी समेत जारी भइसकेको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन बैठकलेनेपाली राष्ट्रीय क्रिकेट टोलीबाट नै बिहीबार निलम्बन गरिसकेको छ। त्यस्तै उता अदालतले पनि पक्राउ पुर्जी जारी गरिसकेकाले लामिछानेलाई प्रहरीले जतिबेला पनि जहाबाट पनि पक्राउ गर्न सक्ने छ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार