भदौ २३ जाजरकोट – सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

मृत्यु हुनेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न.०५ घर भई हाल जाजरकोट नलगाड नगरपालिका -८ बगरा बस्दै आएका अन्दाजी १८ वर्षिय आशिष गन्दर्भको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घाइते हुनेमा रोल्पा गंगादेब गाउँपालिका -३ बस्ने ३० वर्षिय नबिन डाँगी रहेको र उनकाे टाउको,ढाड तथा शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई थप उपचारको लागि बिहीबार बेलुका ६ बजेतिर एम्बुलेन्स द्वारा मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

बिहीबार दिउँसो करिब १ बजेतिर नलगाड नगरपालिका -८ मालुवातडा भन्ने स्थानमा रुकुमको राडि देखी मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर तर्फ जाँदै गरेको भे.१ ख ३७३६ नम्बरको मिनि ट्रक एक्कासी ब्रेक फेल हुन गई सडक देखी अन्दाजी ३०/३५ मिटर तल भेरी नदिको किनारमा खसि दुर्घटनामा परेकाे प्रहरी निरीक्षक पन्तले बताए।

ट्रक चालक सुर्खेत भेरिगंगा नगरपालिका -६ बस्ने ५० वर्षिय लक्षिराम बिकको खुट्टामा सामान्य चोट लागेको हुदा अवस्था सामान्य भएपछि इलाका प्रहरी कार्यालय दल्लिबाट प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टाेलीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार