भदौ २३ काठमाडौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दिप लामिछाने निलम्बित भएका छन।

लामिछाने विरुद्ध जबरजस्ती करणी मुद्दा परिसकेको र अदालतबाट बिहीबार पक्राउ पुर्जी समेत जारी भइसकेको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन बैठकले नेपाल राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेकाे संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रेस विज्ञप्ति मार्फत जनाएका छन ।

स्याङ्जाको आरुचौर गाउँपालिका तालपोखरीमा स्थायी घर भएका लामिछाने विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्दै आएका छन।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा २०७८ मंसिर २८ गते नियुक्त गरेको थियाे।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार