कात्तिक २७ रौतहट — माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानि हत्या गरिएको प्रहरीले बताएको छ । बुधबार करिब ११ बजे राति १८ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । हत्या कसले र के कारणले गरियाे अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठका अनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको समयमा हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । त्यस पछि अमृताकाे घटनास्थलमै मृत्यु भएको हाे। हत्यामा संलग्नको खोजी भइरहेेेेेकाे र अनुसन्धान सुरु गरिसकेकाले हत्यारा चाँडै पक्राउ गरिने डिएसपी श्रेष्ठले बताए ।
मृतक अमृताकाे सर्लाहीको मधुवनगोठका रुपेश साहसंंग गत फागुनमा अमृताको बिहे भएको थियो । गत बैशाखमा अमृताका श्रीमान् रुपेशलाई पनि अज्ञात समूहकाे चक्कु प्रहारबाट घाइते थिए। त्यस यता दुवै जनाकाे सम्बन्ध बिग्रियाे हुन र दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भएकाे थियाे। त्यसयता अमृता माइतीमा बस्दै आएकि थिइन।