भदौ २२ काठमाडौ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध नाबालिगलाई बलात्कार गरेको उजुरी परेपछि पिडित भनिएकि नाबालिककाे स्वास्थ्य परिक्षण गरिएको छ।

कप्तान लामिछाने विरुद्ध एक १५ वर्षीया नाबालिक माथि बलात्कार गरेको आराेपमा मंगलबार किटानी जाहेरी परेकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्या विरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेकाे अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको नाबालिकले दिएको जाहेरीमा उल्लेख छ।

के छ उजुरीमा विवरण ?

नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दिप लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौले विवरण सार्वजनिक गरेको छ।

जस अनुसार गौशाला -२६ कि एक १७ वर्षिय नाबालिकलाई स्याङ्जा आरुचौर गाउँपालिका. स्थाई वतन भई हाल काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५/७ फिट उचाई, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दिप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अन्दाजी ११:५५ बजे काठमाडौ महानगरपालिका -९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. १२:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख छ।

उजुरी परेपछि प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र One Door Crisis Management Center (OCMC) मा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएकाे प्रहरी वरिष्ठ उपरीक्षक बाेहराले बताए।

अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान बाेहाराले बताए ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्या विरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबी गएकाे अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको नाबालिकले दिएको जाहेरीमा उल्लेख भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बाेहराले बताए।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा २०७८ मंसिर २८ गते नियुक्त गरेको थियाे। यतिबेला लामिछाने क्रिकेट खेल्ने सिलसिलामा देश बाहिर छन्।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार